थप ८३०५ जनामा कोरोना पुष्टि, ६ हजार ५४३ संक्रमणमुक्त



काठमाडौ,जेठ ६ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ३०५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

२४ घण्टा समयावधिमा १९० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ । 

हिजो बुधबार ८ हजार १७३ मा संक्रमण पुष्टि भएका थिए भने २४६ को मृत्यु भएको थियो ।

२४ घण्टामा ६ हजार ५ सय ४३ जना संक्रमण मुक्त भएका छन ।

प्रतिक्रिया दिनुहोस्