नुवाकोटको लिखुमा एकैदिन १५ जना कोरोना संक्रमित थपिए



नुवाकोट,जेठ ७ । नुवाकोटको लिखु गाउँपालिकामा एकैदिन १५ जना कोरोना संक्रमित थपिएका छन् ।

त्रिशुली अस्पतालमा गरिएको पिसिआर परिक्षणका क्रममा बिहीबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको त्रिशुली अस्पतालले जनाएको छ ।

अस्पतालले गाउँपालिकाको १९ जनाको पिसिआर परिक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै लिखु गायँपालिकामा कोरोना संक्रमितको संख्या एकसय २३ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

पछिल्लो समय लिखु गाउँपालिकामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै गएपछि गाउँपालिकाले उच्च सुरक्षा सावधानी अपनाउन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्