हाम्रै मान्छेले बिपक्षीसँग मिलेर बादललाई हराए : ओली



काठमाण्डौं,जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेकै केही नेताले पार्टीको आधिकारिक उम्मेद्धार राम बहादुर थापालाई विपक्षीसँग मिलेर राष्ट्रिय सभाको चुनाव हराईएको भन्दै आपत्ति प्रकट गरेका छन् ।
शुक्रबार पत्रकार सम्मेलनमा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै आफ्नै पार्टीका कार्यकर्तालाई पदको प्रलोभनमा पारेर बागी उठाएको भन्दै यो समस्याको समाधान गर्ने ओलीले बताए ।

उनले कर्णालीमा फ्लोर क्रस गराउने, संसदमा अनुपस्थित भएर आफ्नै प्रधानमन्त्री हटाउन खोज्ने जस्ता कुरा उठाउदै माधव कुमार नेपाल लगायतका नेताको नामै नलिई अपराध कर्म गरेको संज्ञा दिएका छन् । नयाँ नामका साथ नेकपालाई फेरी दर्ता गरौँ भनेर प्रचण्डलाई फोन गर्दा भेट्न नआएको ओलीले बताए । प्रचण्डबाट आज भोली आफूलाई फोन नआउने गरेको भन्दै आज पनि आफूले फोन गरेको बताए ।

पार्टी भित्र अन्तरघात गर्नेहरुको हिशाब किताव गरिने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्