थपिए ८६०७ जना कोरोना संक्रमित, १७७ को मृत्यु



काठमाडौं,जेठ ७ । नेपालमा बितेको २४ घण्टामा ८ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् । भने सोही समयावधिमा १७७ जनाको मृत्यु भएको छ ।

त्यस्तै ८६०७ जना संक्रमित थपिँदा ७८९० जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २३ हजार २२६ नमुना परीक्षण गर्दा ८६०७ जनामा संक्रमण पुष्टि भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्