अन्ततः योगेश भट्टराईले माधव समुह छाडे



काठमाण्डौं,जेठ ७ । लामो समयदेखि ओली समुह बिरुद्ध सक्रिय रहँदै मन्त्रीपदबाट समेत राजीनामा दिएर खनाल नेपाल समुहमा सक्रिय रहेका नेता योगेश भट्टराईले निर्णायक मोडमा अन्ततः उक्त समुह छाडेका छन् ।

उनले प्रधानमन्त्रीको बिरुद्ध हस्ताक्षर गर्नु पर्ने अवस्था आए पछि उनले त्यो आँट गर्न सकेनन् । यसलाई माधव समुहका नेताहरुले एक हिशाबको धोकाको रुपमा बुझेको स्रोतको दाबी छ ।

उनले लेखेका छन् -‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।’

प्रतिक्रिया दिनुहोस्