प्रतिनिधि सभा भंग, दुई चरणमा मध्यावधि निर्वाचन गर्न राष्ट्रपतिसमक्ष सिफारिस



काठमाडौं,जेठ ८ । सरकारले प्रतिनिधि सभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

शुक्रवार अबेर राती  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधि सभा भंग गरी  नयाँ निर्वाचनको मिति तोक्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको हो ।

स्रोतका अनुसार बैठकले दुई चरणमा गर्ने गरी आगामी कात्तिक २६ र मंसिर ३ गतेका लागि मध्यावधि निर्वाचनको मिति तय गरेर राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

यसअिघ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले दाबी पेश गरेका गरेका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार राती सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालयले  राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दावी नपुगेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्