रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघ्यो



रसुवा,जेठ ८ । रसुवामा सक्रिय कोरोना संक्रमितको संख्या २ सय नाघेको छ ।

शुक्रबार ४२ जना संक्रमित थपिसँगै सक्रिय कोरोना संक्रमितको संख्या २ सय ६ पुगेको हो । कोरोनाको दोस्रो लहर सुरु भएसँगै जिल्लामा पनि कोरोना संक्रमित बढेका हुन् ।

स्वास्थ्य कार्यालय रसुवाका अनुसार गोसाइँकुण्डमा १६, कालिकामा १ सय २०, उत्तरगयामा २०, आमाछोदिङ्‍मोमा ४९ र बाहिरी जिल्लाका १ जना रहेका छन् । संक्रमितहरूमध्ये ११ जना संस्थागत र १ सय ९५ जना होम आइसोलेसनमा बसेका छन् ।

रसुवामा हालसम्म ४ सय ८५ जनामा कोरोना पुष्टि भएको थियो । जसमा ३ सय ६ जना निको भएका छन् । जिल्लामा हालसम्म २ हजार २ सय ७४ वटा स्वाव संकलन गरिएकोमा १ हजार ७ सय ७४ नेगेटिभ र ४ सय ८५ पोजेटिभ आएको थियो ।

प्रतिक्रिया दिनुहोस्