थप ८९८० जनामा कोरोना संक्रमण, निको हुने ८८४८ जना



काठमाडौ,जेठ ८ । नेपालमा बितेको २४ घण्टामा थप ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टा समयावधिमा ८८४८ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  

मन्त्रालयका अनुसार २० हजार १०५ जनामा कोरोना परीक्षण गरिएकोमा ८९८० जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लाे २४ घण्टामा १२९ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार १५३ पुगेको छ । 

मुलुकमा सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेको छ भने संक्रमण निको हुने दर ७५.८ प्रतिशत रहेको छ । 

मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको कुल संख्या ५ लाख ५ हजार ६४३ पुगेको छ भने निको हुने संख्या ३ लाख ८३ हजार ६८४ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्