संसद विघटनविरुद्ध विपक्षी गठबन्धन अदालत जाने



काठमाडौं,जेठ ८ । विपक्षी गठबन्धनले मध्यरातमा भएको संसद विघटनविरुद्ध अदालत जाने भएका छन् ।

प्रधानमन्त्रीका लागि बहुमत संसदसहित दाबी गर्दैगर्दा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर राष्ट्रपतिले असंवैधानिक रुपमा संसद विघटन गरेको विपक्षी गठबन्धनको ठहर छ ।

संसद विघटन गरि मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदम विरुद्ध विपक्षी पाँच दलका नेताहरु आइतबार सर्वोच्च अदालत जाने भएका हुन ।

प्रतिक्रिया दिनुहोस्