माओवादी केन्द्र निकट विद्यार्थी संगठनद्वारा चितवनमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी र पुत्ला दहन



चितवन,जेठ ८ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन र वाइसियलका युवाहरुले शनिबार चितवनको रत्ननगरमा प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको छ । शनिबार साँझ रत्ननगरको निपनी चोकमा प्रधानमन्त्री र राष्ट्रपति विरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो ।

संसद विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र केन्द्र निकट विभिन्न संगठनले देशव्यापी आन्दोलन सुरु गरेका छन् । सोही आन्दोलनको क्रममा शनिबार प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन गरेको हो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेको र यो असंवैधानिक कदम भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) साथै अन्य राजनीतिक दलहरु पनि विरोधमा जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्