निर्वाचनमा जुट्न आयोगलाई निर्देशन



काठमाडौं, जेठ ९ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन आयोगका पदाधिकारीहरूलाई घोषित मितिमा निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले निर्वाचन अपरिहार्य भएकाले नै मुलुक निर्वाचनतर्फ अगाडि बढेको स्पष्ट गरे । प्रधानमन्त्रीसँगको छलफलमा निर्वाचन आयोगका सबै आयुक्त र सचिव उपस्थित रहेका थिए। आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधि सभाको निर्वाचन तोकिएको छ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेको अवस्था र निर्वाचन गर्नुपर्ने कारणलगायतका विषयमा प्रधानमन्त्रीसँग छलफल गरिएको जानकारी दिँदै तुरुन्तै निर्वाचन व्यवस्थापनको काम थाल्ने विषयमा कुराकानी भएको बताइएको छ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्