सुनको भाउ ३ सयले बढ्यो



काठमाडौं, जेठ ९ । नेपाली बजारमा सुनको मुल्य ३ सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार प्रतितोला ९२ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।

अघिल्लो दिनको तुलनामा चाँदीको मुल्य भने ५ रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला १३ सय ४५ रुपैयाँमा खरिद विक्रि भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्