ककनीको हाम्रो अक्सिजन उद्योगद्वारा त्रिशुली अस्पताललाई २ सय सिलिन्डर सहयोग



नुवाकोट,जेठ ९ । जिल्लास्थित ककनीमा रहेको हाम्रो अक्सिजन उद्योगद्वारा त्रिशुली अस्पताललाई २ सय सिलिन्डर सहयोग गरिएको छ । कोरोना महामारीका समयमा अक्सिजनको माग बढिरहेका बेला ‘हाम्रो अक्सिजन उद्योग’ले नुवाकोटको त्रिशूली अस्पतालका लागि एक हजार २०० सिलिण्डर अक्सिजन सहयोग प्रदान गरेको हो ।

राष्ट्रिय उद्योग व्यवसायी महासङ्घ, नुवाकोटका अध्यक्ष गोपीप्रसाद कडेँल र व्यवसायी दिनेश ढकालले बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डे, नेकपा (एमाले) नुवाकोटका सचिव काशीराज अधिकारीसहितसँगको छलफलपछि सिलिण्डर हस्तान्तरण शुरु गरेका हुन् । मन्त्री पाण्डेले र महामारीका समयमा सहयोग गरेकामा धन्यवाद दिँदै उद्योगी व्यवसायीका लागि काम गर्न सहज वातावरण तयार गरिने बताए । नुवाकोटकको ककनीस्थित उक्त उद्योगले नेपालकै सम्भवतः बढी दैनिक ७०० देखि ७५० सिलिण्डरसम्म अक्सिजन उत्पादन गर्दै आएको छ ।

सिआइपी अर्थात महत्वपूर्ण व्यवसायिक व्यक्तित्वको सम्मानप्राप्त कँडेल उक्त उद्योगको संस्थापक अध्यक्ष हुन । उनले यस विषम परिस्थितिमा अक्सिजन अभावका कारण कुनै पनि जिल्लाबासीको ज्यान नजाओस् भनेर नै सहयोग गरेको बताए । उक्त सहयोगबारे शनिबार नै अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिडेण्डेन्ट डा दीपेन्द्र पाण्डेलाइ जानकारी गराइएको थियो । उक्त सिलिण्डर दैनिक १०/१० सिलिन्डरका दरले पठाइनेछ ।

प्रतिक्रिया दिनुहोस्