प्यूठानमा घर भत्किदां एकैघरका तीन जनाको मृत्यु



प्युठान,जेठ ९ । जिल्लाको नौबहिनी गाउँपालिका-१ स्याउलिबाङ चौतारामा गए राति घर भत्किदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय वोम बहादुर मल्ल, उनकी ३३ वर्षीया श्रीमती गमी मल्ल र ३ बर्षीय छोरा शिसिर मल्ल रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रवक्ता प्रहरी निरिक्षक देवीप्रसाद गैरेले जानकारी दिए । उनका अनुसार अन्य ४ छोरीहरु भने सकुसल रहेका छन ।मल्लकि तीन छोरी अर्काे कोठामा सुतेको र जेठी छोरी शनिबार बेलुका नै मामा घर गएको कारण उनिहरु घटनाबाट जोगिन सफल भएका हुन । खरको छाना हटाएर जस्तापाता लगाउन तयार पारिएको घर शनिबार राति एक्कासी भत्किएको हो ।

बिहान साढे ७ बजे घर भत्केको खबर आएपछि घटनास्थलमा प्रहरी पुग्दा तीन जनाको शव फेला परेको प्रहरीले जनाएको हो।

प्रतिक्रिया दिनुहोस्