नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या १ हजार १२



नुवाकोट,जेठ ९ । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या एकहजार नाघेको छ ।

बितेको २४ घण्टामा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नुवाकोटमा सक्रिय संक्रमितको संख्या एक हजार १२ पुगेको स्वास्थ्य कार्यालय नुवाकोटका सुचना अधिकारी उत्तमराज खनालले बताए ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ७१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७४ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । जिल्लाभर कोरोनामुक्त भइ घर फर्कनेको संख्या १ हजार ७ सय ३२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्