थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौ,जेठ ९ । नेपालमा बितेको २४ घण्टामा थप ७ हजार ९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै संक्रमित हुनेको संख्या ५ लाख १३ हजार ५ सय ५७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

यसअघि शनिबार देशभर ८९८० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ८८४८ जना संक्रमणमुक्त बनेका थिए । यस्तै १२९ जनाको संक्रमणका कारण मृत्यु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्