उपत्यकामा थप २८ सय २१ नयाँ संक्रमित थपिए



काठमाडौँ, जेठ ९ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर ७ हजार ९ सय १४ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै २८ सय  २१ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

बितेको २४ घण्टामा काठमाडौँमा १७ सय ६१ , ललितपुरमा ६९४ र भक्तपुरमा ३६६ संक्रमित थपिएका हुन् ।

२४ घण्टा समयावधिमा १८ हजार ९ सय ६५ जनाको परिक्षणमा पिसीआर प्रविधिबाट ७५ सय ५८ जना र एन्टिजेन विधिबाट २१६ जना संक्रमित भएको पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्