सिन्धुपाल्चोक भोटेकोशीका अध्यक्ष पौडेल संक्रमितको घर घरमा



सिन्धुपाल्चोक,जेठ ९ । पछिल्लो समय सिन्धुपाल्चोकमा भयावह रुपमा फैलदै गएको कोरोनाका दोस्रो लहरमा भोटेकोशी गाउँपालिका अध्यक्ष राजकुमार पौडेल संक्रमितको घर घरमा पुगेका छन् । अध्यक्ष पौडेलले आइतबार भोटेकोशी गाउँपालिका वडा नं. ४ स्थित नारायणथानमा रहेका कोरोना संक्रमितको घरघरमा पुगेर स्वास्थ्य अवस्था बुझेका हुन ।

यस गाउँमा अहिले ७ जना संक्रमित छन् । उनीहरु सुरक्षित रुपमा होम आइसोलेसनमा बसिरहेका छन् । गाउँपालिका अध्यक्ष स्वाथ्य सामग्री लिएर संक्रमितको घरमा पुगेका थिए । उनले दैनिक आवश्यक पर्ने टावेल, टुथपेस्ट, साबुन, मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री बोकेर संक्रमितको घरमा पुगेको गाउँपालिकाले जनाएको छ ।

गाउँ गाउँ पुगेर अध्यक्ष पौडेलले नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेका थिए । सबैले सेनिटाइजर लगाउने, बेला बेलामा साबुन पानीले हात धुने, मास्कको प्रयोग अनिवार्य गर्ने, सामाजिक दुरी कायम गर्ने जस्ता सुझाव अध्यक्ष पौडेलले दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्