नुवाकोट विदुरका एक कोरोना संक्रमितको मृत्यु



नुवाकोट,जेठ ९ । जिल्लाको विदुर नगरपालिका वडा नम्बर १३ का एक कोरोना संक्रमितको मृत्यु भएको छ। यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

आइतबार विदुर नगरपालिका वडा नम्बर १३ का ६१ वर्षिय एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै जिल्लामा कोरोना संक्रमणबाट हुनेको संख्या १७ पुगेको हो ।

उनको उपचारको क्रममा त्रिशुली अस्पतालमा मृत्यु भएको त्रिशुली अस्पतालले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्