पञ्‍चकन्याका अध्यक्षसहित १० जना कर्मचारीलाई कोरोना, वडा नम्बर ३ शील



नुवाकोट,जेठ १० । नुवाकोटको पञ्‍चकन्या गाउँपालिकाका अध्यक्षसहित १० कर्मचारीमा एकैपटक कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना पुष्टिसंगै हाल गाउँपालिका रहेको वडा नम्बर ३ क्षेत्र शील गरिएको गाउँपालिकाले जनाएको छ।

सोमबार आएको रिपोर्टअनुसार अध्यक्ष तेजबहादुर तामाङसहित १० कर्मचारीमा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतोले जानकारी दिए । अध्यक्ष तामाङसहित कर्मचारीहरुको स्वाब संकलन गरी शुक्रबार जिल्ला अस्पताल त्रिशूलीको प्रयोगशालामा पठाइएको छ ।

अहिले अध्यक्ष तामाङसहित ६ जना पञ्‍चकन्या वडा नम्बर ३ कै पालिका नजिकै स्थापना गरिएको संस्थागत आइसोलेसन र ४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य प्रमुख हेमनारायण महतोले बताए । यसअघि पनि पालिकाका दुई कर्मचारीलाई कोरोना पुष्टि भएको थियो ।

सोमबार नै गाउँपालिकाको वडा नं ५ स्थित चुहानडाँडामा एन्टिजेन र पीसीआर परीक्षणका लागि टोली खटिएको उनले बताए । त्यस क्षेत्रमा केही दिन क्षेत्र स्थानीय बिरामी परेका छन् ।

गाउँपालिकाद्वारा जारी प्रेस बिज्ञप्ती

प्रतिक्रिया दिनुहोस्