ओखलढुंगामा कोरोनाबाट एक महिलाको मृत्यु


ओखलढुंगा, जेठ १० । ओखलढुंगामा कोरोनाबाट सोमबार एकजना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका ११ ठेगाना भएकी ५८ वर्षीया महिला रहेको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले पुष्टि गरे ।
उनलाई गत ७ गते कोरोना पुष्टि भएको थियो । उनी ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत थिइन ।