पछिल्लो २४ घण्टामा थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौ,जेठ १० । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही समयावधिमा ७ हजार १३५ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९ हजार ८४६ र एन्टिजेन विधिबाट ६०७ जनाको परीक्षण गर्दा ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा १८५ जनाले ज्यान गुमाएका छन् । यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६ हजार ५३१ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्