त्रिशुली अस्पतालमा थप दुई कोरोना संक्रमितको मृत्यु



नुवाकोट,जेठ १० । नुवाकोटको त्रिशुली अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सोमबार मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का ७२ वर्षीय महिला र रसुवाको नौकुण्ड गाउँपालिका वडा नम्बर ५ का ६२ वर्षीय एक पुरुष रहेका छन् । उनीहरुको सोमवार मृत्यु भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ जना पुगेको छ । नुवाकोटमा हाल १ हजार ७९ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्