पञ्चकन्याका नागरिकलाई खुशीको खबर! सबैले एकसाथ कोरोना खोप निशुल्क पाउने



नुवाकोट,जेठ १० । जिल्लाको पञ्चकन्या गाउँपालिकाका नागरिकलाई गाउँपालिकाले खुसीको खबर सार्वजनिक गरेको छ।

गाउँपालिकाले सोमबार एक बिज्ञप्ती सार्वजनिक गर्दै गाउँपालिका सेवा क्षेत्रका सबै नागरिकलाई निशुल्क कोरोना खोपको ब्यवस्था गर्न लागिएको बताएको हो।

सार्वजनिक सूचनामा नागरिकको जिउँ धनको सुरक्षाका निम्ति गाउँपालिका अहोरात्र खटेको बताउदै कोभिडको भयावह परिस्थितिमा निशुल्क खोपको ब्यवस्थापनमा गाउँपालिका तत्काल जुटेको उल्लेख छ। यद्यपि संघीय सरकारको अनुमति पाउना साथ कोटेसनको आधारमा खोप खरिद गरि नागरिकलाई खोप प्रदान गरिने बिज्ञप्तीमा उल्लेख छ।

हेर्नुस् बिज्ञपति:-

प्रतिक्रिया दिनुहोस्