एमालेद्वारा माधव नेपालसहित ११ जना नेतालाई कारबाही



काठमाडौं,जेठ १० । नेकपा एमालेद्वारा माधव नेपालसहित ११ जना नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको छ ।

एक स्थायी कमिटी सदस्यले दिएको जानकारी अनुसार तीनदिन अघि स्पष्टीकरण सोधिएका ११ नेताहरुलाई कारबाही गरिएको हो ।

जसमा झलनाथ खनाल, भीम रावल, रामकुमारी झांक्री, मुकुन्द नेउपाने, लक्ष्मी चौधरी लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्