नुवाकोटमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुग्यो



नुवाकोट,जेठ ११। जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको छ। विदुर नगरपालिका वडा नम्बर ४ बट्टारका थप एक कोरोना संक्रमितको ज्यान गएसंगै नुवाकोटमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १९ पुगेको हो ।

थप मृत्यु हुनेमा बेलकोटगढी नगरपालिका वडा नम्बर १३ स्थाई घर भइ हाल बट्टार बस्दै आएकी एक ७२ वर्षिया बृद्धा रहेकी छिन् ।

उनको उपचारको क्रममा सोमवार त्रिशुली अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्