नेपालमा थप ८६३६ जना संक्रमित, १६९ को मृत्यु



काठमाडौ,जेठ ११ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २४ घण्टा समयावधिमा १६९जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ । 

हिजो सोमबार भने देशभर ७ हजार ४२५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने ७१३५ जना निको भएका थिए । यस्तै १८५ जनाले संक्रमणबाट ज्यान गुमाएका थिए । 

यस्तै बितेको २४ घण्टामा ६ हजार ४०४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ४ लाख ४ हजार ८८७ पुगेको छ ।

नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ । क्वारेन्टाइनमा ९१४ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्