काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा लम्बियो



काठमाडौं,जेठ ११। काठमाडौँ उपत्यकामा एक साता निषेधाज्ञा लम्बिएको छ । मंगलबार उपत्यकामा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बसेको बैठकले एकसाता निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार निषेधाज्ञामा थप कडाइ गरिनुका साथै खाद्यान्नका पसल र तरकारी पसल एक साता पूर्ण ठप्प गर्ने निर्णय भएको छ ।यसबाहेक सवारी साधनको हकमा पनि कडाइ गरिनेछ । बैंक वित्तीय संस्थाको हकमा पनि थप कडाइ गरिनेछ ।

उपत्यकावासीले एक हप्ताका लागि खाद्यन्नको जोहो गरिसकेका होलान् । नगर्नेहरूका लागि अझै दुई दिन समय पनि छ । त्यस्तै तरकारीको पसल पनि खोल्न पाइनेछैन,” प्रजिअ पराजुलीले भन्नुभयो, ‘‘खाद्यन्न पसल र तरकारी पसल सबै एकसाता बन्द गरेर संक्रमण रोकिने आकलन गरेका छौँ । त्यसैले कडाइका साथ सबै अत्यावश्यक खाद्यन्न तथा तरकारी पसल सबै बन्द हुनेछन् ।

देशभर दैनिक ८ हजार भन्दा बढि संक्रमित भइरहेका छन् । यसैबीच काठमाडौँ उपत्यकामा दैनिक २५ सय भन्दा बढि संक्रमित थपिएका छन् । नेपाल सरकारद्धारा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण सम्बन्धी अध्यादेश जारी भएको छ ।

अध्यादेश बमोजिम संक्रामक रोग नियन्त्रणमा चालिएका प्रयासहरूलाई थप कडा गरिने छ । त्यस्तै अनुगमन र कारबाहीको दायरालाई पनि बढाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्