संक्रमितभन्दा निको हुने बढी, संक्रमित ६७१४, निको ६७१६



काठमाडौ,जेठ १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कुल १९ हजार ३० जनाको पीसीआर गर्दा ६६७७ जना र ३२२ जनाको एन्टिजेन ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप ६७१६ जना निको भएका छन् भने थप १४५ जनाले ज्यान गुमाएका छन्। निको हुनेको संख्या यो हालसम्मकै ज्यादा हो।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १४९३ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौँमा ११३९, ललितपुर २४१ र भक्तपुरमा ११३ जना संक्रमित थपिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्