सांसद हितबहादुर तामाङ कोरोना मुक्त



काठमाडौ,जेठ १३ । कोरोना भाइरस संक्रमणपछि होम आइसोलेसनमा रहेका पूर्वमन्त्री एवं संघीय सांसद हितबहादुर तामाङ कोरोना मुक्त भएका छन् ।

सांसद तामाङले साझापथसंग कुरा गर्दै आफूले कोरोनालाई जित्न सफल भएको बताएका हुन। सांसद तामाङलाई वैशाख ३० गते ज्वरो आएपछि शिक्षण अस्पताल महाराजगन्जमा पीसीआर परीक्षणका लागि स्वाब दिइएकोमा जेठ १ गते शनिबार कोरोना संक्रमणको पोजिटिभ रिपोर्ट आएको थियो । सामान्य लक्षण देखिन साथ एकान्तबास बस्न थालेका सांसद तामाङको हिजो बुधबार दिइएको स्वाबको रिपोर्ट नेगेटिभ आएको हो।

यसैबीच होम आइसोलेसनमा रहेकी सांसद पत्नी बिमला तामाङको स्वास्थ्य सुधार भएको बताइएको छ। हाल लक्षण केहि देखिएको छैन स्वास्थ्य सुधार भैसकेको तर पुन स्वाब परिक्षण भने भैनसकेको पारिवारिक श्रोतले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्