सर्वोच्चद्वारा संसद् विघटनको रिटमा अन्तरिम आदेश दिन अस्वीकार



काठमाडौ,जेठ १३ । सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै परेका रिट उपर प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

रिट निवेदकले अन्तरिम आदेशमार्फत प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा बदरका साथै देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न माग गरेका थिए ।

अन्तरिक आदेश दिन अस्वीकार गरेसँगै अब सबै रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हुने आदेश प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको एकल इजलासले दिएको छ । सर्वोच्चमा बिहीबार देउवाको पक्षका १४ र चुनावको पक्ष तथा केपी ओलीलाई प्रधानमन्त्री नियुक्तिको माग गर्दै परेमा ४ चारवटा रिटमाथि सुनुवाइ भएको छ ।

प्रतिक्रिया दिनुहोस्