कोरोना अपडेट: संक्रमित ६९३९, निको हुने ७२२६



काठमाडौ,जेठ १३ । नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पिसिआर परिक्षणबाट कुल २० हजार ९९२ जनाको परिक्षण गर्दा ६७३१ र एन्टिजेन विधिबाट २०८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

यही अवधिमा थप ७ हजार २२६ जना निको भएका छन् । लगातार दोस्रो दिन संक्रमित भन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ । बुधबार पनि नयाँ संक्रमितभन्दा निको हुनेको संख्या बढी रहेको थियो । ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा ६७१६ जना निको भएका थिए । नेपालमा हालसम्म संक्रमितमध्ये ४ लाख १८ हजार ८२९ जना निको भएका छन् । नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ ।

गत २४ घण्टामा थप १०६ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा ज्यान गुमाउनेको संख्या ६९५१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्