नुवाकोटमा सक्रिय कोरोना संक्रमितको संख्या ११ सय ८५ पुग्यो



नुवाकोट,जेठ १३ । नुवाकोटमा सक्रिय कोरोना संक्रमितको ११ सय ८५ पुगेको छ। जिल्लामा पछिल्लो २४ घण्टामा एक सय ५८ जना कोरोना संक्रमित थपिएसँगै जिल्लामा सक्रिय संक्रमितको ११ सय ८५ पुगेको हो ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९० जनाको पिसिआर परिक्षण गर्दा एक सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कार्यालयका सुचना अधिकारी उत्तमराज खनालका अनुसार नुवाकोटमा कोरोना संक्रमितको कुल संख्या भने ३ हजार ८१ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा २ जना कोरोना संक्रमित कोरोनामुक्त भइ घर फर्किएका छन् ।

यससँगै जिल्लामा कोरोनामुत्त भएर घर फर्कनेको संख्या एक हजार ८ सय ७८ पुगेको छ । हालसम्म नुवाकोटमा १३ हजार ७ सय ५६ जनाको पिसिआर परिक्षण गरिसकिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

कोरोना संक्रमणबाट नुवाकोटमा हालसम्म २१ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्