अस्थायी कोरोना अस्पताल सिसहनियाँलाई स्वास्थ्य सामाग्री सहयोग



दाङ,जेठ १४ । नेपाल औषधी व्यवसायी संघ दाङ शाखाले अस्थायी कोरोना अस्पताल सिसहनियाँलाई ४५ हजार बराबरको औषधी तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

संघका जिल्ला अध्यक्ष विष्णु प्रसाद पौडेलले बिहिबार उक्त अस्पतालका इन्चार्ज डा. रेगम थापालाई औषधी तथा स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको बताए । यस अघि पनि संघले जिल्लामा स्वास्थ्यका सामाग्री प्रदान गर्दै आएको छ ।

संघले बिरामीहरुलाई अत्यावश्यक पर्ने ईन्जेक्सन, बिभिन्न प्रकारका औषधिका ट्यावलेट लगायत पि.पि.ई, मास्क, सेनिटाईजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा संघका जिल्ला सदस्य सुनिल रेग्मी, कृष्ण श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्