आगामी १० दिनभित्र खोप आउछ: परराष्ट्रमन्त्री ज्ञवाली



काठमाडौ,जेठ १४ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा आगामी १० दिनभित्र कोरोना विरुद्धको खोप उपलब्ध हुने बताएका छन् ।

सरकारले खोप ल्याउन कूटनीतिक पहल गरिरहेको बताउदै मन्त्री ज्ञवालीले आगामी १० दिनभित्र कोरोना विरुद्धको खोपमा आइसक्ने बताएका हुन् ।

शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको भर्चुअल पत्रकार सम्मेलनमा ज्ञवालीले खोप ल्याइने र १० दिनभित्रै नागरिकलाई खोप उपलब्ध गराउने बताएका हुन् ।

सरकारले २०२१ भित्र देशका सबै नागरिकलाई खोप उपलब्ध गराउने ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्