कोरोना अपडेट: संक्रमित ६९५१, निको ९८४१



काठमाडौ,जेठ १४ । नेपालमा बितेको २४ घण्टामा समेत लगातार निको हुनेको संख्यामा वृद्धि भएको छ।तेस्रो दिन नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको हो ।

बितेको २४ घण्टामा नेपालमा थप ९ हजार ८४१ जना निको भएका छन् । हालसम्म संक्रमितमध्ये ४ लाख २८ हजार ६७० जना निको भइसकेका छन् । नेपालमा यो निको हुने दर ७८.१ प्रतिशत हो ।

त्यस्तै २४ घण्टा समयावधिमा ६ हजार ९५१ जना संक्रमित थपिएका छन् । २० हजार ११० जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ६९५५ र एन्टिजेन विधिबाट ९६ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ४९ हजार १११ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ३९४ रहेको छ ।

बितेको २४ घण्टामा ९६ जनाले ज्यान गुमाएका छन् । यससँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ४७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्