पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली कोरोना मुक्त



नुवाकोट,जेठ १४ । जिल्लाको पञ्चकन्या गाउँपालिकाकी उपाध्यक्ष सीता पराजुली कोरोना मुक्त भएकी छन् । एक साताअघि कोरोना पुष्टि भएको उनको शुक्रबार कोरोना भाइरस रिपोर्ट नेगेटिभ आएको हो।

टाउको दुख्ने,रुघाखोकी लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएपछि उनी घरमै बसेर उपचाररत थिइन। पछिल्लो समय गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङसहित १० जना कर्मचारी कोरोना उपचारका क्रममा रहेका छन् ।

त्यस्तै गाउँपालिकामा शुक्रबार ९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ। गाउँपालिकामा हालसम्म १५१ जनामा गरिएको स्वाब परिक्षणमा २८ जनामा कोरोना पुष्टि भएको छ भने ५१ जनामा गरिएको एन्टिजेन्ट परिक्षणमा ८ जनामा पोजिटिभ नतिजा आएको पञ्चकन्या गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ।

हाल गाउँपालिकाकाको परिक्षणमा ३६ जना र त्रिशुली अस्पतालमा ६ जना गरी कुल ४२ जनामा कोरोना पुष्टि भैसकेको छ। संक्रमण पुष्टि भएकामध्ये १३ जनालाई निको भैसकेको र बाकी २८ जना रहेको र जसमध्ये ८ जना संस्थाको आइसोलेशनमा र २० जना होम आइसोलेशनमा रहेको पालिका स्वास्थ्य शाखाका प्रमुख हेमनारायण महतोले बताए। गाउँपालिकामा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भैसकेको छ।

प्रतिक्रिया दिनुहोस्