सुनखानीका राजबाबु पाण्डेको सहयोगमा शिवपुरीलाई स्वास्थ्य सामग्री



नुवाकोट,जेठ १४ । शिवपुरी गाउँपालिका वडा नम्बर ७ सुनखानीका राजबाबु पाण्डेको सहयोगमा शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ।पाण्डेको अगुवाइमा शान्ति र लोकतन्त्रका लागि महिला नेपाल लैनचौरले जिल्लाको शिवपुरी गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिरहेको बेला संस्थाकी अध्यक्ष शोभा प्रधान श्रेष्ठले खरीद गर्नुभएको उक्त सामाग्री संस्थाका सल्लाहकार समेत रहेका सुनखानीका राजबाबु पाण्डेले गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापालाई वुधबार हस्तान्तरण गरेका थिए ।

हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीमा १०० थान एन्टीजिन किट, ५०० एमएलको स्यानिटाइजर २० थान, स्प्रे स्यानिटाइजर २४ थान, के एन ९५ माक्स ३०० थान र पञ्जा एकहजार थान रहेका छन् । कार्यक्रममा समाजसेवी पाण्डेले आगामी दिनमा समेत शिवपुरीको विकास र विस्तारमा निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्