थप ४३११ संक्रमित थपिए, ६०८० जना संक्रमणमुक्त



काठमाडौं, जेठ १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ४ हजार ३ सय ११ जना संक्रमित थपिएका छन् । यससंगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टा समयावधिमा ६ हजार ८० जना संक्रमणमुक्त भएका छन् । हालसम्म ४ लाख ३४ हजार ७ सय ५० जना संक्रमणमुक्त भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्