पछिल्लो २४ घण्टामा थप ११६ जनाको मृत्यु



काठमाडौं, जेठ १५ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १ सय १६ जनाको मृत्यु भएको छ । यससँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ७ हजार १ सय ६३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म ३० लाख ३१ हजार ३ सय ८३ जनाको पिसीआर परिक्षण भएको छ भने १ लाख ११ हजार ५ सय ९ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको संंख्या ८९१ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्