पत्रकारको स्वास्थ्य उपचार निःशुल्क



काठमाडौँ,जेठ १५ । सरकारले देशभरका पत्रकारको स्वास्थ्य उपचार निःशुल्क गर्ने घोषणा गरेको छ । शनिबार अर्थमन्त्री विष्णु पाैडेलले आगामी आर्थिक वर्ष ७८/८९ को आयव्यय सार्वजनिक गर्दै नेपाल पत्रकार महासंघको सदस्य भएका पत्रकारका लागि निःशुल्क उपचारको व्यवस्था मिलाएको घोषणा गरे ।

उनले लोक कल्याणकारी विज्ञापन वापतको पैसा १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्नुपर्ने व्यवस्था मिलाएको जानकारी दिए। त्यस्तै निजी सञ्चार मध्यमले विज्ञापन वापत प्राप्त गर्ने रकमको १० प्रतिशत पत्रकार कल्याणकारी कोषमा जम्मा गर्न प्रोत्साहित गर्ने जानकारी दिए ।

उनले सात लाखसम्मको दुर्घटनाबीमाको व्यवस्था मिलाएको जानकारी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्