नुवाकोटमा थप २ सय १० जना कोरोना मुक्त



नुवाकोट,जेठ १६ । नुवाकोटमा पछिल्लो २४ घण्टामा थप २१० जना कोरोना संक्रमित कोरोना मुक्त भएका छन्।

जिल्लामा २४ घण्टा समयावधिमा १६५ जनामा गरिएको परिक्षणमा ६५ जनामा कोरोना पुष्टि भएको थियोे भने १ सय जनाको रिपोर्ट नेगेटिभ पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ।

हालसम्म नुवाकोटमा २२१४ जना कोरोना मुक्त भौसकेका छन् । हालसम्म जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या भने २३ जना रहेको छ।

प्रतिक्रिया दिनुहोस्