नुवाकोट भद्रुटारमा समुदायमै कोरोना पुष्टि, भोलि दुई स्थानमा स्वाब संकलन गरिने



तस्बिर: आरएन बिरही भद्रुटार चुहानडाडा

नुवाकोट,जेठ १६ । जिल्लाको पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ भद्रुटारमा समुदाय स्तरमै कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ। वडा नम्बर ५ को चुहानडाडास्थित भट्टीटोलका स्थानीय ६० वर्षीय कृष्णबहादुर तामाङको कोरोनाको लक्षणसहितको मृत्यु पश्चात् स्थानीयमा गरिएको स्वाब संकलनको रिपोर्टमा ५ जनाको कोरोना रिपोर्ट पोजिटिभ पाइएको हो।

समुदाय समुदायमै अझै बढी संक्रमित हुनसक्ने भन्दै वडा कार्यालयले परिक्षणको दायरा बढाएको वडाध्यक्ष्य डिलबहादुर थापाले बताए। उनले साझापथसंग कुरा गर्दै गाउँघरमा थप स्वास्थ्य समस्या देखिएका नागरिकका बिषयमा कुरा आइरहेकाले परिक्षणलाई तिव्रता दिएको बताए ।

वडा अध्यक्ष थापाका अनुसार नागरिकको पहुँचका आधारमा जेठ १७ गते सोमबार वडाको भद्रुटार हेल्थपोस्ट र चुहानडाडा वडा कार्यालय गरी दुई ठाउँमा स्वाब संकलन गरिनेछ। भद्रुटारको साविक वडा १,२,३ र ४ का सम्भावित बिरामीका लागि भद्रुटार हेल्थपोस्टमा दिनको २ देखि ५ बजेसम्म र साविक वडा ५,६,७,८ र ९ वडाका लागि वडा कार्यालय ठाटीको डिलमा दिनको १२ बजेदेखि २ बजेसम्म स्वाब संकलन गरिने पञ्चकन्या गाउँपालिकाका स्वास्थ्य प्रमुख हेमनारायण महतोले बताए।

प्रतिक्रिया दिनुहोस्