महिलामाथिको भेदभाव र हिंसा अक्षम्य



काठमाडौं, जेठ १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने कुनै पनि प्रकारका भेदभाव र हिंसा क्षम्य हुन नसक्ने बताएका छन्।

उनले तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै महिला अधिकार, सशक्तीकरण, समानता, सम्पूर्ण भेदभव र महिलामाथि हुने हिंसाविरुद्धको सङ्घर्षलाई जारी राख्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री ओलीले अन्धविश्वास, अज्ञानता वा अन्य कुनै कारणबाट महिला हिंसा, बलात्कार, कुटपिट, एसिड आक्रमण, अपमान, गाली बेइज्जती र कुप्रथाविरुद्ध गाउँ–गाउँसम्म महिलाको क्रियाशीलता अझ बढाउन आग्रह गरे । उनले महिला अधिकारमार्फत समानताको लय समाउने कार्यमा नेपाल विश्वमै उदाहरणीय देश भएको समेत चर्चा गरे ।

उनले राणा शासनको अन्त्यपछि २००८ सालको नगरपालिका निर्वाचनमै महिलाले मतदान गर्ने र उम्मेदवार बन्ने अधिकार पाएको स्मरण गर्र्दै नेपालको वामपन्थी आन्दोलनले निरन्तर महिला मुक्ति र समानताको आन्दोलन उठाएको प्रसङ्गसमेत चर्चा गरे ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्