एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने



काठमाडौं, जेठ १७ । यस वर्षको एसईई परीक्षा आन्तरिक मुल्यांकनबाट हुने भएको छ । सोमबार बसेको शिक्षा मन्त्रालयको बैठकले एसईई परीक्षा आन्तरिक मुल्यांकन विधिबाट गराउने प्रस्ताव अगाडि सारिएको हो। यस प्रस्तावलाई मन्त्रिपरिषदमा लैजाने तयारी गरिएको छ । मन्त्रिपरिषदद्बाट प्रस्ताव पारित भएपछि आन्तरिक मूल्यांकनको अन्तिम निर्णय बताइएको छ ।

सोमबारको मन्त्रालयस्तरिय बैठकले गत वर्षकै आन्तरिक मुल्यांकन विधि अनुरुप परीक्षा गराउने प्रस्ताव मन्त्रिपरिषद्लाई पठाउने निर्णय गरेको हो । गतवर्ष २०७७ को समेत विद्यालयको पहिलो त्रैमासिक अवधिको मुल्यांकन १० प्रतिशत, दोस्रो अवधिको ३० प्रतिशत र शैक्षिक सत्रको अन्त्यसम्मका सबै विषयको मुल्यांकन बाट नतिजा तयार गरिएको थियो ।

गत वर्ष पनि मन्त्रिपरिषदको बैठकले एसईईको परीक्षा नगर्ने निर्णय गरेको थियो । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मन्त्रिपरिषद बैठकमा एसईई परीक्षाको विकल्पका रुपमा आन्तरिक मूल्यांकन प्रस्ताव गरेपछि मन्त्रिपरिषदले पारित गरेको थियो ।यस वर्ष पनि कोरोनाका कारण सोही पद्धति अपनाउन लागिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्