ओली समुहलाई लुम्विनीमा धक्काः काँग्रेसका तर्फबाट उठेका पूर्व एमाले सांसद पाण्डे राष्ट्रिय सभामा निर्वाचित



दाङ,जेठ १७ । एमालेका ओली समुहलाई लुम्विनीमा पनि धक्का लागेको छ। यसअघि गत जेठ ६ मा काँग्रेसका तर्फबाट उठेका माओवादी छाडेर एमाले प्रवेश गरेका पूर्व गृहमन्त्री राम बहादुर थापाले जस्तै एमालेमै प्रवेश गरेका पूर्व माओवादी राष्ट्रिय सभा सदस्य चन्द्र बहादुर खड्का पराजीत भएका छन् ।

सोमबार भएको एमाले छाडेर काँग्रेस प्रवेश गरेका लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका हुन ।

नेता पाण्डेले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई ५४६ मतभारले हराएका हुन्। पाण्डेयले ४१४० मत ल्याए भने खड्काले ३५९४ मत पाए।

कांग्रेस उम्मेदवार पाण्डेयलाई नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जसपाको बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाको समर्थन थियो।मतदानमा २९७ जनाले मतदान गरेका थिए। त्यसमध्ये स्थानीय तहतर्फ खसेको २१२ मध्ये १ मत बदर भएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्