पछिल्लो २४ घण्टामा ६४९१ संक्रमणमुक्त, संक्रमित ४७६२



काठमाडौ,जेठ १७ । नेपालमा बितेको २४ घण्टामा ४ हजार ७६२ जना कोरोना संक्रमित थपिएका छन् । सोही समयावधिमा ६ हजार ४९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै मन्त्रालयका अनुसार अज ११४ जनाले ज्यान गुमाएका छन् । 

पछिल्लो २४ घण्टामा १७ हजार ४८० जनामा गरिएको परीक्षणमा सो संख्या संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कुल संक्रमित संख्या ५ लाख ६१ हजार ३०२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ४७ हजार ४४६ पुगको छ । यस्तै सक्रिय संक्रमितको संख्या १ लाख ६ हजार ४७० जना रहेको छ । 

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७३८६ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्