बाघको आक्रमणमा परी निहुरो टिप्दै गरेकी एक महिलाको मृत्यु



बर्दिया,जेठ १८ । बर्दियामा बाघको आक्रमणमा परी एक महिलाको मृत्यु भएको छ। मधुवा नगरपालिका वडा नम्बर ५ की ६६ वर्षीया नन्दकला थापा क्षेत्रीको बाघको आक्रमणमा परी मृत्यु भएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत दोर्ण शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार थापालाई सोमबार दिउसो शान्तिपुरको ९ नम्बर गाउँ नजिकै राष्ट्रिय वन क्षेत्र अन्तरगत नेपाल भारत सीमा नजिकै सामुदायिक वनमा बाघले आक्रमण गरेको हो।

१० जना महिला निहुरो टिप्न जंगल गएकोमा निहेरो टिप्दै गर्दा एक्कासी बाघले थापालाई आक्रमण गरेको थियो । अन्यले भने भागेर ज्यान बचाएका छन् । घटनास्थल सदरमुकाम गुलरिया देखि २५ किमी पश्चिममा पर्दछ । गत साउनयता बाघको आक्रमणबाट बर्दियामा ११ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्