विवेकशील साझाका नेता उज्वल थापाको निधन



तारकेश्वर, १८ जेठ । विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ ।

थापाको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको अस्पताल श्रोतले जनाएको छ ।

उनलाई केहीदिनअघि कोरोना संक्रमण भएपछि अस्पताल भर्ना गरिएको थियो ।

विवेकशील साझा पार्टीका पूर्व संयोजक रहेका ४४ वर्षीय थापा सामाजिक उत्प्रेरकका रुपमा समेत चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस्