काठमाडौ आईपुग्यो चीनले अनुदानमा दिएको ८ लाख कोरोनाको खोप



काठमाडौं, जेठ १८ । चीनले अनुदानमा दिएको आठ लाख डोज कोरोना खोप काठमाण्डौ आईपुगेको छ । नेपाल वायुसेवा निगमको ए ३३ वाइडबडी जहाजले उक्त खोप लिएर मंगलबार दिउँसो काठमाडौं आइपुगेको हो ।

चीनले अनुदानमा प्रदान गर्ने घोषणा गरेको १० लाखमध्ये ८ लाख भेरोसेल खोप लिएर उक्त जहाज मंगलबार अपरान्ह काठमाडौं अवतरण गराईएको हो । उक्त भेरोसेल खोप एक पटक पनि खोप नलगाएका नागरिकलाई दिइने योजना स्वास्थ्य मन्त्रालयले बनाएको छ।चीनबाट आउने खोप लगाउने प्राथमिकतामा शिक्षक, सार्वजनिक सवारीका चालकलगायत दिइने बताइएको छ।

जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ राष्ट्रपति सि जिङपिङसँगको टेलिफोन वार्तामा गरेको आग्रहअनुसार उक्त खोप नेपाल आउन लागेको हो। यसअघि पनि चीनले ८ लाख भरोसेल खोप दिएको थियो।

प्रतिक्रिया दिनुहोस्